समाज

झापामा लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना नियन्त्रणमा

By admin

June 24, 2025

सुरुङ्गा । झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व-पश्चिम लोकमार्गमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

असार ९ गते अपरान्ह सवारी दुर्घटना न्यूनीकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले लोकमार्गमा संचालन हुने सवारीसाधनका चालकहरुलाई लक्षित गरी स्वास्थ्य परीक्षण गराएको थियो ।

 

प्रहरीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षणसँगै शकित चालकको लागूपदार्थ सेवन चेकजाँच गरेको हो । जसमा ७ जना सवारी चालक तथा सहचालकले सेवन गरेको फेला परेको थियो ।

 

प्रहरीका अनुसार शंकित चालकको लागूपदार्थ सेवन जाँचको क्रममा यात्रुवाहक बसका चालक २ जना, सहचालक २ जना, ईभी गाडी, टिपर र मोटरसाइकलका चालक १-१ जनाले लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको फेला परेको थियो ।