समाज

अर्जुनधारामा लागूऔषध दुरुपयोगसम्बन्धी अन्तरक्रिया

By admin

June 25, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

 

अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा आज (बुधबार) सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको हो । सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारको अध्यक्षता तथा नगरकी उपप्रमुख खड्गमाया पराजुली, बोर्ड सदस्य गोरीमाया चिमरियालगायतको आतिथ्य रहेको थियो ।

 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रहरी सहायक निरीक्षक प्रदीप आलेमगरले गरेका थिए ।

 

कार्यक्रमको सहजीकरण गर्दै प्रसनि मगरले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारमा अर्जुनधारा नगर झापाको १५ पालिकामध्ये दोस्रो नम्बरमा रहेको जानकारी दिएका थिए । उनका अनुसार पहिलो बिर्तामोड र तेस्रोमा मेचीनगर हो ।

 

कार्यक्रममा नगर उपप्रमुख पराजुली, समितिका संयाेजक परियार, दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवराज बुढाथोकी, खुदुनाबारी साना किसान कृषि सहकारीका उपाध्यक्ष विष्णुलाल ढकाल, च्यारिटी युथ क्लबका प्रतिनिधि विष्णुप्रसाद खतिवडा, जलेश्वर सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुनम सुवेदी, शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेत्रप्रसाद चम्लागाई, कार्यपालिका सदस्य विमाला रोक्कालगायतले आफ्ना भनाइ राखेको नगरकी उद्यम विकास सहजकर्ता सुलोचना भट्टराईले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।