फिदिम । पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला परेको छ । हिजो साँझ ६ः५० बजे फिदिम नगरपालिका ६ शिवाको एक घरमा ग्रिनेटजस्तो शंकास्पद वस्तु फेला परेको हो ।
शिवास्थित ४० वर्षीय भुपाल तुम्रोकको ढुङ्गा माटोले बनेको घरमा उक्त वस्तु फेला परेको हो । तुम्रोकको गारो जस्ताको छानो रहेको २ तल्ले घरको माथिल्लो तल्लाको गारो सेप्टीमा गोलो डल्लो ग्रिनेडजस्तो देखिएपछि आज बिहान वीर दल गणबाट नेपाली सेनाको बम डिष्पोजल टिम घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।