अर्थ बजार

बिर्तामोड बसपार्कको फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

By admin

June 30, 2025

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट अन्दाजी १२ लाखबराबरको क्षति भएको छ ।

 

अर्जुनधारा ११ स्थित बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको हो ।

 

आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

अस्थायी प्रहरी पोष्ट बसपार्कमा जानकारी प्राप्त हुनासाथ खटिएका प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।