झापा । प्रतिबन्धित औषधीसहित दमकमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ९ का सागर कुमाल छन् ।
आज दिउँसो १२ः३० बजे दमक वडा नम्बर ९ क्याम्पस मोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले स्थानीय देउराली टोल बस्ने १९ वर्षीय कुमाललाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।
उनले पछाडि बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिँडेको डिसे २० लेखिएको ९ पत्ता (९० पिस ), ट्रामाडोल ९ पत्ता (९० क्याप्सुल) फेला परेको थियो ।
प्रतिबन्धित औषधिसहित कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।