काँकरभिट्टा । भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने झापा मेचीनगर १४ धाइजन गोलोबारी बस्ने २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन् ।
गएराति ९ बजे मेचीनगर ६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे. ८ प १५८५ नम्बरको टीभीएस मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र प्लाष्टिकको पोको पारी ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो ।
प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।