समाज

भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

By admin

July 05, 2025

झापा । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर ३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो ।

 

भद्रपुर २ स्थित महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरुसँग त्यहाँ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट प्रहरी खटिएको थियो ।

 

प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने क्रममा सोही स्थानमा अर्पणलाई मृत फेला पारेको हो । थप अनुसन्धान तथा कानुन प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।