झापा । विषालु सर्पले टोकेर झापाको कमलमा एक बालकको मृत्यु भएको छ । गएराति सर्पले टोकेर कमल गाउँपालिका ४ का अन्दाजी १० वर्षका नवीन विकको मृत्यु भएको हो ।
हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमनले खुट्टामा टोकेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए ।
बालकको मृत्युपछि खोजेर दुईवटा सर्प मारिएको छ । ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए । उनका बुवा वैदेशिक रोजगारीमा गएका छन् ।