समाज

रंगेलीमा गोली चलाएर तीनजना ब्राउनसुगर कारोबारी पक्राउ

By admin

July 06, 2025

विराटनगर । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ राउन्ड हवाइ फायर गरी रगेलीबाट तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको छ । ‘हवाइ फायर गरी ३ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भनिन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।