समाज

दमकमा टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

By admin

July 13, 2025

झापा । दमक ३ स्थित ताराबारी- डिपु सडकअन्तर्गत संगम चौकमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

 

दुर्घटनामा परी स्थानीय ५५ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको हो । आज दिउँसो अन्दाजी १२ बजे संगम चोकस्थित भित्री सडकखण्डमा आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा स्कुटरको पछाडि सवार गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी स्कुटर चालक दमक ३ बस्ने ४४ वर्षीया टिका गौतमको दाहिने खुट्टाको घुँडामा सामान्य चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

स्कुटर, टिपर र टिपर चालक बिर्तामोड २ का ४६ वर्षीय तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । दुई दिनका लागि झापा आएका प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको आधा घण्टापछि उक्त सडकमा सो दुर्घटना भएको हो ।