समाज

दमकमा ४२ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

By admin

July 20, 2025

झापा । भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

आइतबार दिउँसो ३ः४५ बजे दमक ५ स्थित मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत विहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

उनको साथबाट प्लाष्टिकबाहेक ४२ ग्राम १७ मिलिग्राम ब्राउनसुगर, विभिन्न दरका नेपाली रुपैयाँ ३७ हजार ९००, डिजिटल तराजु, मोवाइल र उनको परिचयपत्र खुल्ने कागजात फेला परेको थियो ।

 

सम्पूर्ण प्रमाणका सामानहरु बरामद गरी साहलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनले ब्यागभित्र प्लाष्टिकको बट्टामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको थियो ।