समाज

पाँचथरमा खोलाले बगाउँदा २१ वर्षीय युवतीको ज्यान गयो

By admin

July 22, 2025

पाँचथर । खोलाले बगाउँदा पाँचथरमा युवतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको फालेलुङ गाउँपालिका ७ सिदिनस्थित पापुन्देन टोलकी २१ वर्षीया मनिषा आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

उनलाई फिदमस्थित फेमे खोलाले बगाएको बताइएको छ ।फेमेबाट बग्दै आएकी मनिषालाई फिदिम ४ र हिलिहाङ ७ को सीमावर्ती हेंवा खोलामा डाइभर्सन मर्मतको काम गरिरहेका स्थानीयले बेहोस अवस्थामा उद्धार गरेका थिए ।

 

उद्धार गरेलगत्तै प्रहरीको सहयोगमा उपचारका लागि पाँचथर अस्पताल ल्याइएकी उनलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

 

उनको शव पोष्टमार्टमपश्चात सोमबार नै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । काका नाता पर्ने घरमा बस्दै आएकी उनी केही दिनदेखि हराएको खुल्न आएको प्रहरीले जनाएको छ ।