बिर्तामोड । झापाका पत्रकार उद्धव पुरी डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत भएका छन् ।
बिर्तामोडमा कार्यालय रहेको अनलाइन शब्दपत्र डटकमका सञ्चालक सम्पादक पुरी दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी यसअघि ब्लाष्ट टाइम्स दैनिकमा आवद्ध थिए ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना गरेको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ ।
२०५९ साल साउन ७ गते आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाल तत्कालिन शाही नेपाली सेनाले गरेको कारवाहीमा मारिएका थिए । जनपक्षीय पत्रकार आचार्यको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।