समाज

बिर्तामोडको सुँगुर फार्ममा बृद्ध मृत फेला

By admin

July 23, 2025

बिर्तामोड । झापा बिर्तामोड ६ स्थित एक सुँगुर फार्ममा एकजना बृद्ध मृत अवस्थामा फेला परेका छन् । आज बिहान ६ः३० बजे स्थानीय शुभबिहानी टोल बस्ने सरोज लावतीले सञ्चालन गरेको सुँगुर फार्ममा बृद्ध मृत अवस्थामा फेला परेका हुन् ।

 

प्रहरीका अनुसार लावतीको फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै सुतिरहेकाे अवस्थामा मृत फेला परेका हुन् । मृतकका आफन्तहरु भारतको सिक्किममै बसोबास रहेकाले जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।