झापा । भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शुक्रबार साँझ प्रतिबन्धित लागुऔषध ५८ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
कचनकवल गाउँपालिका ४ स्थित लोधाबारीमा लागुऔषध (ब्राउनसुगर) को कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको टोलीले भारत विहारको किशनगंज बस्ने २५ वर्षीय मो. सोहेल, उनकी श्रीमती २९ वर्षीय तबसुम आरा र २४ वर्षीय कचालु अन्सारीलाई नियन्त्रणमा लिएको थियो ।
पैदलयात्री उनीहरुलाई खानतलासी गर्दा प्लाष्टिकको पोकामा रहेको ब्राउनसुगर प्लाष्टिकबाहेक ५८ ग्राम ४०० मिलिग्राम बरामद भएको थियो । ब्राउनसुगर र तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।