समाज

मर्निङ वाकमा हात्तीको आक्रमण, दुई महिला घाइते

By admin

July 27, 2025

झापा । झापाको दमकमा आज बिहान अन्दाजी ४ः१५ बजे मर्निङ वाकमा निस्किएका दुई महिलामाथि हात्तीले आक्रमण गर्दा घाइते भएका छन् ।

 

दमक नगरपालिका १ बरगाछीस्थित भित्री सडकखण्डमा ४७ वर्षीया सुनिता राई र सोही ठाउँ बस्ने ४२ वर्षीया कविता राई बिहानको मर्निङ वाकमा निस्केर बाटोमा हिँड्ने क्रममा अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

 

आक्रमणबाट सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरीरको बिभिन्न भागमा चोट लागेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

 

दुबै जना घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । सो हात्ती पेल्टिमारीतिरबाट आएको जनाइएको छ ।