समाज

अर्जुनधारामा युवा संघको रक्तदान

By admin

August 02, 2025

शनिश्चरे (झापा) । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शानिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा २९ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस साेसाइटी अर्जुनधाराका सचिव कमल पाेख्रेलले  जानकारी दिए ।

 

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा नगरका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय युवा तथा संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको एक महिने अभियानअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संघका नगर उपाध्यक्ष सुशील भुजेलले जानकारी दिए ।

 

संघका नगर अध्यक्ष धिरज मोक्तानले अध्यक्षता गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि संघका झापा अध्यक्ष फुर्वा लामा रहेका थिए । कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन, नगरका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका कार्यबाहक सचिव युकेश फुयालले गरेका थिए ।