समाज

अर्जुनधारामा आगलागीबाट ग्वाली जलेर नष्ट

By admin

August 03, 2025

शनिश्चरे । झापाको अर्जुनधारामा आगलागीबाट ग्वाली जलेर नष्ट भएको छ । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट हुँदा करिब २ लाख बराबरको क्षति भएको छ ।

 

हिजो साँझ ६ः५० बजे अर्जुनधारा ९ स्थित प्रणामी टोल बस्ने राम बस्नेतको जस्ता र काठले बनेको एकतले गाईगोठमा खोले पकाउने क्रममा अचानक आगो लागेको थियो ।

 

आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ ७ः४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।