समाज

सप्तकोशीमा उच्च बहाव, २६ वटा ढोका खोलियो

By admin

August 03, 2025

सुनसरी । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ ।

 

आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो २ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

 

उनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरिएको छ ।