समाज

अर्जुनधारामा ब्राउन सुगरसहित तीनजना पक्राउ

By admin

August 06, 2025

शनिश्चरे । झापाको अर्जुनधारामा तीनजना युवा नगद र ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

मंगलबार दिउँसो १२ः३० बजे अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा वडा नम्बर ३ का १८ वर्षीय जीवन चौलागाई, वडा नम्बर ४ का २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी र वडा नम्बर ७ का ३२ वर्षीय विजय मगर रहेका छन् ।

 

उनीहरूको साथबाट ४०० मिलिग्राम ब्राउनसुगर, नगद १५ हजार ९२० र दुईवटा मोबाइल बरामद भएको छ । तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।