समाज

चिसाङ खोलाले बगाउँदा लेटाङका दुई बृद्धको मृत्यु

By admin

August 21, 2025

मोरङ । लेटाङमा चिसाङ खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लेटाङ १ अँधेरी अमलबोटेका ७० वर्षीय बुद्धवीर तामाङ र लेटाङ २ का ५५ वर्षीय टिंके तामाङलाई चिसाङ खोलाले बगाएको हो ।

 

हिजो साँझ करिब ५ बजेतिर लेटाङ १ बगुवाबाट खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको स्थानीयको भनाइ छ। खोलाले बगाएपछि लामिटार क्षेत्रमा शव फेला परेको स्थानीयले जनाएका छन् ।

 

शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए । सो क्षेत्रमा पुल नहुँदा जोखिम बढेको भन्दै स्थानीयले पटक पटक पुलको माग गर्दै आएका छन्।