समाज

बिरिङ पुलमा दुर्घटनाः शिवसताक्षीका नवराज बाँस्कोटाको मृत्यु

By admin

August 27, 2025

झापा । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ पुलमा मंगलबार राति दुईवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

 

राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका ७ का नवराज बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. १ च ३४४० नम्बरको मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

 

दुर्घटनामा भेन चालक शिवसताक्षी ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा घाइते अवस्थामा रहेकाले तत्काल उद्धार गरी बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

 

सोही भेनमा सवार शिवसताक्षी ७ बस्ने ४० वर्षीय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, छोरा १४ वर्षीय प्रसन्न साह र छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् । चारैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

 

पिकअप चालक धनकुटा महालक्ष्मी ८ बस्ने २४ वर्षीय सुमन पौडेल र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृतकका २ साना छोरी र श्रीमती रहेका छन् ।