बिर्तामोड । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो इलामबाट झापा घर फर्किँदै गरेका श्रेष्ठ सवार प्र. ३-०२-००७ प ६०९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
बुद्धशान्ति गाउँपालिका ७ सुनमाई नजिकै सडक किनारको नालामा मोटरसाइकलले किच्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भइसकेको थियो । घटनास्थलमा प्रहरी टोली नपुग्दा उनको शवलाई आफन्तले उठाएर प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए ।