समाज

बिर्तामोडमा गोली लागेर पाँचथरका घाइते प्रदर्शनकारीको मृत्यु

By admin

September 11, 2025

झापा । बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-२ पाँचथर घर भएका युवा रहेका छन् ।

 

प्रहरीका अनुसार मृत्यु हुनेमा बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी रहेका छन् । बीएण्डसीमा उपचाररत उनको हिजो साँझ ६:०५ बजे मृत्यु भएको हो ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपमा यसअघि अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।