झापा । बिर्तामोडमा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् ।
बीएण्डसी अस्पतालमा उपचाररत उनको आज बिहान ११ः३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए । उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ २ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।