समाज

बिर्तामोडमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

By admin

September 25, 2025

झापा । जंगली हात्तीको आक्रमणमा परी झापाको बिर्तामोडमा एक व्यक्तिको ज्यान गएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

 

बिर्तामोड नगरपालिका ७ स्थित खालबाडी भन्ने स्थानमा गएराति हात्तीले आक्रमण गरेको बताइएको छ । तर, यकिन समय खुल्न नसकेको प्रहरीको भनाइ छ ।

 

मृतक तराई मुलको जस्तो देखिने अन्दाजी ३५ वर्षका पुरुषलाई जंगलबाट आएको एकल हात्तीले आक्रमण गरी कुल्चेर क्षतविक्षत् र घोप्टो परी मृत अवस्थामा रहेको प्रहरीलाई खबर भएको थियो ।

 

थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा प्रहरी टोली खटिएर अनुसंधान गरिरहेको जिप्रका झापाले जनाएको छ ।