अन्तर्वार्ता

वेस्टइन्डिजविरुद्ध नेपाललाई ऐतिहासिक शृंखला

By admin

September 30, 2025

झापा (एजेन्सी) । नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो ।

 

टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १७३ रन बनाएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका आदिल आलमले ४ विकेट लिएपछि जवाफमा आएको वेस्टइन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

 

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै शृंखला नै जित्न सफल भएको हो । नेपालले शनिबार भएको पहिलो खेलमा दुईपटकको ट्वान्टी-२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो, जुन पूर्ण टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो ।

 

नेपालबाट कुशल भूर्तेल र गुलशन झाले २-२ विकेट लिएपछि नेपालले एक सयम विश्व क्रिकेटमा एकछत्र राज गरेको वेस्टइन्डिजमाथि अविश्वस्नीय जित निकाल्न सफल भएको हो ।