समाज

झापामा लुटिएका एसएलआरको ५५ राउण्ड गोली फेला

By admin

October 11, 2025

झापा । जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

 

हिजो साँझ ७ बजे कमल गाउँपालिका वडा नमब्र ७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरा फेला पारेका थिए । उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेका थिए ।

 

आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।