समाज

भद्रपुरबाट चार लाखबराबरको पटाकासहित सामान बरामद

By admin

October 12, 2025

झापा । झापा प्रहरीले प्रतिबन्धित बारुदजन्य सामग्री पटाकासहित अवैधरुपमा नेपाल भित्र्याइएको सामग्री बरामद गरेको छ ।

 

शनिबार राति ८ः२५ बजे भद्रपुर ५ स्थित राईबस्ती इलाकामा भारतबाट भन्सार छलेर भित्र्याइए पटाका र झिलिमिली लाइट बल्ब रहेको चार वटा बोरा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बरामद गरेको हो ।

 

चार वटा पलास्टिकको बोरामा विभिन्न किसिमको पट्का र झिलिमिली बल्ब लाइट अन्दाजी चार लाखबराबरको सामानहरु तस्करले छाडेर भागेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।