अन्तराष्ट्रिय

नेपाल-भारत सीमाबाट १ केजी १९२ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

By admin

October 15, 2025

झापा । नेपालतर्फ आपूर्ति गर्दै आएको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरका कारोबारी भारी परिमाणसहित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट १ केजी १९२ ग्राम ब्राउनसुगर भारतीय सुरक्षाकर्मीले बरामद गरेको छ ।

 

भारतको गलगलियामा अखडा खडा गरी नेपालमा आपूर्ति गर्दै आएका विहार जिल्ला किशनगञ्ज गलगलिया थाना लकडी डिपो गाउँ बस्ने १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताकलाई आज बिहान सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट प्याकिङ गरिएको ब्राउनसुगरसहित नेपाली मुद्रा ४ लाख ५१ हजार १७५, भारतीय मुद्रा ८३ हजार १९९, विभिन्न ब्राण्डका ७ थान स्मार्टफोन, चाँदीका सिक्का दुईवटा , डिजिटल तराजु २ थान र लागुऔषध नाइट्राजेपाम ट्याव्लेट १६८ थान पनि बरामद भएको छ ।

 

४१औ बटालियन एसएसबी भातगाउँ र गलगलिया प्रहरीको संयुक्त कार्वाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । त्यस क्षेत्रमा प्रहरी अधीक्षक सागर कुमारको नेतृत्वमा लागूऔषधविरुद्ध अभियान चलाइएको छ ।