खेलकुद

चौबन्दी एफसी एकतप्पा गोल्डकपको सेमिफाइनलमा

By admin

October 18, 2025

एकतप्पा (इलाम) । साविक विजेता फुङनाम एफसी चुलाचुली एकतप्पा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

 

फाकफोकथुम ७ स्थित जनकल्याण माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा स्थानीय चौबन्दी एफसीसँग १-० गोलअन्तरमा पराजित हुँदै चुलाचुली प्रतियोगिताबाट बाहिरिएको हो ।

 

चौबन्दीका जितका लागि रेजिन माझीको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको ७ मिनेटमा रेजिनले गोल गरेका हुन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद एक हजार पाउन सफल भए ।

 

भोलि आइतबार फाक्तेप एफसी पाँचथरले फाल्गुनन्द-पितामरु-डिएक्सएन एकतप्पासँग पहिलो सेमिफाइनल खेल हुनेछ । क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ । विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

 

यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।