खेलकुद

फाल्गुनन्द-पितामरुङ-डिएक्सएन बन्याे एकतप्पा गाेल्डकप च्याम्पियन

By admin

October 21, 2025

एकतप्पा (इलाम) । फाल्गुनन्द-पितामरुङ-डिएक्सएन एफसी यहाँ क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबले आयोजना गरेको एकतप्पा गोल्डकपको च्याम्पियन बनेको छ ।

 

फाकफोकथुम ७ दोकान डाँडास्थित जनकल्याण माविको मैदानमा आज भएको फाइनल खेलमा हाङमाचुली युनाइटेड एफसीलाई १-० गोलको झिनो अन्तरबाट पराजित गर्दै फाल्गुनन्द-पितामरुङ-डिएक्सएन च्याम्पियन बनेको हो ।

 

च्याम्पियन फाल्गुनन्द-पितामरुङ-डिएक्सएनका लागि खेलको २२औँ मिनेटमा दिनेश शेर्माले गरेको गोल नै निर्णायक बनेको थियो । उनी प्लेयर अफ दी म्याच बने ।

 

गोल्डकपको सर्वोत्कृष्ट खेलाडी फाल्गुनन्द-पितामरुङ-डिएक्सएनका निमा तामाङ भए । यस्तै, फाल्गुनन्द-पितामरुङ-डिएक्सएनकै उत्कृष्ट गोलरक्षक उत्तम कार्की, उत्कृष्ट रक्षक हाङमाचुलीका टेकन मगर र सर्वाधिक गोलकर्ता मनिष लिम्बू भए । उनीहरुले जनही दुई हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

 

च्याम्पियन बनेको फाल्गुनन्द-पितामरुङ-डिएक्सएनले नगद १ लाख २६ हजारसहित ट्रफी पायो । उपविजेतामा समेटिएको नगद ६६ हजारमा चित्त बुझाएको छ ।