कला

नितुको मृत्युपछि पक्राउ परे गायक बाबुल

By admin

October 24, 2025

काठमाडौँ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् ।

 

अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

 

आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।

 

प्रहरीका अनुसार गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा थिए । पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो।