झापा । झापा बिर्तामोड ७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । स्थानीय मियाबारीस्थित रेखा खोलानजिक ६ नम्बर वडा बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद अवस्थामा शव फेला परेको हो ।
गएराति १०ः४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।
राति १ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ४८ वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको बताइएको छ ।