खेलकुद

एनपीएलमा अनलाइन ‘बेटिङ’ गराउने ८ जना भारतीय पक्राउ

By admin

November 23, 2025

काठमाडौँ । कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा चलिरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन ‘बेटिङ’ अर्थात् सट्टेबाजी गराउने ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।

 

काठमाण्डौ महानगरपालिका २६ सामाखुशीमा बस्दै आएका उनीहरूलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।