राजनीति

सर्वोच्च अदालत आगजनी गर्ने भद्रपुरका ज्योति घतानेसहित दुईजना पक्राउ

By admin

November 24, 2025

झापा । सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा झापा भद्रपुरका एक व्यक्तिसहित दुईजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका ५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन् ।

 

पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

 

उनीहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो, फोटोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।