समाज

शनिश्चरेको हार्डवेयर पसलमा आगलागी हुँदा ९० लाखको क्षति

By admin

December 05, 2025

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बजारस्थित एक हार्डवेयर पसलमा मङ्गलबार राति भएको भीषण आगलागीबाट ९० लाख रुपैयाँबरावरको क्षति भएको हो ।

 

मंगलबार राति करिब ८ः३५ बजे सन्तोष साहुको दुईतले पक्की घरको भुईँतलामा रहेको दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

 

आगलागीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, बिर्तामोड, भद्रपुर तथा मेचीनगर नगरपालिकाका दमकलहरूको सहयोगमा करिब ९ः५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।

 

आगलागीबाट पसलभित्र रहेको हार्डवेयर सामग्री सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल ढोका तथा भर्‍याङ्गमा प्रयोग हुने आल्मुनियन, प्लाईलगायत जलेर नष्ट भएको थियो ।