अर्थ बजार

विल्डकन इन्डष्ट्रिजले आफ्ना उत्पादनमा सम्झौता नगर्ने सञ्चालकको दाबी

By admin

December 21, 2025

शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित भाङवारीमा रहेको विल्डकन इन्डष्ट्रिज प्रालिले एनएस इन्टरलकिङ पेभर्स उत्पादनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।

 

आठ वर्षअघि स्थापित उद्योगका सञ्चालक नविन गट्टानीले आफ्नो उद्योगले उत्पादन गरेका टायल्स, ब्लक र पेभर्स एनएस प्राप्त भएकोले गुणस्तरमा कुनै सम्झौता नगर्ने दाबी गरेका हुन् ।

 

जर्मन टेक्नोलोजिबाट उत्पादित पेभर्स झापासहित पश्चिम नेपालको कैलालीसम्म पुग्ने गरेको जानकारी दिँदै सञ्चालक गट्टानीले ३५० जनालाई विल्डकन इन्डष्ट्रिजले प्रत्यक्ष रोजगारी दिएको पनि बताए ।

 

उद्योगले एम ३० देखि एम ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ । ६० करोड रुपैयाँको लगानीमा सञ्चालित उद्योग नेपालकै पहिलो एनएस प्राप्त उद्योग रहेको दाबी गरिएको छ । उद्योगले उत्पादन गरेका इन्टरलक पेर्भस एनएसको मापदण्डअनुरुप सडकदेखि बन्दरगाहासम्ममा प्रयोग गर्न मिल्ने गट्टानीको भनाइ छ ।

 

झापाका अधिकांश स्थानीय तहले पूर्वाधार निर्माण क्रममा पछिल्लो समय एनएस प्राप्त इन्टरलकिङको प्रयोग गर्दै गुणस्तरीय विकास निर्माणको काम गरिरहेको उनको भनाइ छ ।

 

आइतबार विल्डकनमै पत्रकार सम्मेलनको आयोजना गरी उद्योगले उत्पादन गरेका टायल्स, ब्लक र पेभर्स एनएस प्राप्तको वारेमा जानकारी दिइएको हो । उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालले एनएसका १० वटा स्ट्याण्डर कुरा गरेर उत्पादन भएको पेर्भसको ८० टनसम्मको भारवहन क्षमता रहेको दाबा गरे ।

 

हाल नेपालमा ४०-५० टनसम्म लोड बोकेका गाडी गुडे पनि निकट भविष्यमा ५० टन माथिका गाडी गुड्न सक्ने सम्भाभ्यतालाई अध्ययन गर्दै ८० टनसम्मको भारवहन क्षमताको पेर्भस उत्पादन गरेको बताए । एनएसको स्ट्याण्डरमा पेर्भसको २० वर्षे वारेन्टी अनिवार्य भएकाले आफूहरुले पनि आम उपभोक्तालाई ५ वर्षे ग्यारेन्टी दिएको बताए ।