समाज

बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा भेटियो

By admin

December 22, 2025

झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ ।

 

हिजो दिउँसो १२ः२५ बजे बिर्तामोड ६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको गोली ३ राउण्ड बेवारिसे अवस्थामा फेला परेको हो ।

 

हातहतियार तथा गोली गठ्ठाहरु बेवारिसे अवस्थामा फेला परेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर बरामद गरेको थियो ।

 

बरामद भएको ईन्सास राइफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।