समाज

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

By admin

December 24, 2025

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

 

विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालले देशको तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको जानकारी दिए ।

 

उनले भने, ‘आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।’

 

मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो । मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।