समाज

दमकमा कार लिएर आउने ‘भीआइपी’ चोर पक्राउ

By admin

December 25, 2025

झापा । समाचार पढ्दा अचम्म लाग्ला ! तर, सत्य हाे । चाेरी गर्न चाेरले कारकाे प्रयाेग गरेका छन् । झापाको दमकमा कार लिएर चोरी गर्न गएका एकजना (भीआइपी) चोर पक्राउ परेका छन् ।

 

भारतीय नम्बरको डब्लुबी ७४ एयु ९०६५ नम्बरको कार लिएर दमक नगरपालिका वडा नम्बर ३ शान्ति चोकस्थित सरिता पोखरेलको घरमा चोरी गर्न गएका सुदन भुजेल आज पक्राउ परेका हुन् ।

 

पोखरेलको घरमा दराज फुटाई चोरी गरिरहेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिइएको थियो । उनको साथबाट सुनको कान्छी तिलहरी एक थान, मोतिको माला एक थान र सुनको टप एक थान बरामद भएको छ ।

 

पक्राउ परेका भुजेल चोरी तथा डाका मुद्दाका फरार प्रतिवादी हुन् । उनले गत भदौ ६ गते दमक नगरपालिका वडा नम्बर ७ बस्ने बेनिश कार्कीको घरको सुत्ने कोठाको दराजबाट ७ लाख ५० हजार चोरी गरी फरार भएका थिए । पक्राउ परेका भुजेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।