खेलकुद

झापा अर्जुनधाराका आदर्श र दिवसलाई कालेबुङमा स्वर्ण

By admin

December 26, 2025

झापा । भखैर भारतको कालेबुङमा सम्पन्न तेस्रो कालेबुङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा झापा अर्जुनधाराका दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।

 

अर्जुनधारा ४ मा रहेको नवदुर्गा तेक्वान्दो डोजाङका खेलाडीहरु आदर्श निरौला र दिवस तामाङले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका हुन् । आदर्श ६८ केजी र दिवसले ३३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

 

च्याम्पियनसिपमा भारतसँगै साउथ अफ्रिका, साउथ कोरिया, भुटान र श्रीलंकाका पाँच सयभन्दा बढी खेलाडीहरू सहभागी भएका थिए ।