खेलकुद

रूपरत्न स्कुलका सोनिम, सनम र रञ्जनलाई कालेबुङमा स्वर्ण

By admin

December 26, 2025

झापा । भखैर भारतको कालेबुङमा सम्पन्न तेस्रो कालेबुङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा झापा अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कुलका तीन जना विद्यार्थी (खेलाडी)ले स्वर्ण पदक जितेका छन् ।

 

अर्जुनधारा ३ स्थित खुदुनाबारी तेक्वान्दो डोजाङबाट सहभागी भएका सोनिम भट्टराई (कक्षा ८), सविक श्रेष्ठ (कक्षा १२) र रञ्जन बस्नेत (कक्षा ११)ले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका हुन् ।

 

यसैगरी, अर्जुनधारा ४ मा रहेको नवदुर्गा तेक्वान्दो डोजाङ आदर्श निरौला र दिवस तामाङले पनि आआफ्नो तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

 

च्याम्पियनसिपमा भारतसँगै साउथ अफ्रिका, साउथ कोरिया, भुटान र श्रीलंकाका पाँच सयभन्दा बढी खेलाडीहरू सहभागी भएका थिए ।