समाज

देशभर चिसो बढ्यो, जनजीवन प्रभावित

By admin

January 06, 2026

झापा । देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।

 

हिजो, अस्तिको भन्दा पनि आज तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासँगै तराई, मधेश र अरु क्षेत्रमा पनि चिसो बढेको हो । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् ।

 

बालबालिका, वृद्धवृद्धा बिरामी पर्ने क्रम बढेको छ । तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो ।