समाज

झापाको बुद्धशान्तिमा भाले हात्ती मृत फेला

By admin

January 06, 2026

झापा । झापाको बुद्धशान्तिमा दारा नभएको जंगली हात्ती मृत फेला परेको छ । आज बिहान कालिका सिमसार जाने बाटोमा रहेको खेतमा उक्त हात्ती मृत अवस्थामा भेटिएको हो ।

 

बुद्धशान्ति वडा नम्बर ३ स्थित डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक चन्द्र राउतको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको थियो ।