अर्थ बजार

अर्जुनधारा नगर विकास सहकारीमा पुनः प्रत्युश राना

By admin

January 08, 2026

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थामा पुनः प्रत्युशआजाद राना अध्यक्षमा चयन भएका छन् ।

 

संस्थाको बुधबार भएको चौथो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले रानालाई पुनः अध्यक्षमा चयन गरेको हो । संस्थामा साविक उपाध्यक्ष खेमबहादुर काफ्ले नै उपाध्यक्षमा दोहोरिएका छन् ।

 

संस्थाको सदस्यहरुमा देवकला प्रसाईं, रमा खवास, डम्बर घिमिरे, अम्बिका फुयल, टंक बराल, राधाकृष्ण दाहाल राजु र दीपक दुलाल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक प्रेमसागर सापकोटाले जानकारी दिए । संस्थामा दुईजना सदस्य पछि थपिने विधानमा व्यवस्था छ ।

 

यसैगरी, लेखा समितिमा एकदेव खनाल संयोजक, सीता बस्नेत सापकोटा र दुर्गाप्रसाद पौडेल सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको छ ।