समाज

बिर्तामोडबाट ४१ ग्राम ब्राउन सुगरसहित भद्रपुरका निरोज र सागर पक्राउ

By admin

January 10, 2026

झापा । ठूलो परिमाणमा लागूऔषधसहित भद्रपुरका दुई युवा बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भद्रपुर १ पाण्डे चोक बस्ने २५ वर्षीय निरोज लिम्बू र भद्रपुर २ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधान रहेका छन् ।

 

शुक्रबार साँझ ७ः४० बजे बिर्तामोड ४ मुनाल टोलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक प्रविण श्रेष्ठ र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

लागूऔषधसँगै स्क्रिन टच मोवाइल २ थान, कि(प्याड मोवाइल १ थान र प्र. १–०१–०१५ प ३४२७ नम्बरको स्कुटरसहित उनीहरुलाई पक्राउ गरी इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।