खेलकुद

आठराई त्रिवेणीलाई मैत्रीपूर्ण फुटबलको उपाधि

By admin

January 20, 2026

ह्वाकु (तेह्रथुम) । आठराई गाउँपालिका ३ स्थित ह्वाकुमा आयोजित श्रीजङ राय स्मृति फुटबल प्रतियोगितामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको महिला टिम विजयी भएको छ ।

 

प्रतियोगिताको फाइनल खेलअघि मौलाडाँडा खेलमैदानमा आयोजित मैत्रीपूर्ण खेलमा आठराई गाउँपालिकाको टिमलाई १-० गोलअन्तरले पराजित गर्दै पाहुना टोली विजयी भएको हो ।

 

आठराई त्रिवेणी गाउँपालिकाका लागि आशिका श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो । विजेता टिमले नगद १२ हजारसहित ट्रफी पाउँदा उपविजेता टिमले नगद ७ हजारमा चित्त बुझाएको छ ।