खेलकुद

तेह्रथुममा खेल पत्रकार तुलसी र प्रकाशलाई नगदसहित सम्मान

By admin

January 22, 2026

कमल खनाल, आठराई

तेह्रथुम । तेह्रथुम जिल्लामा खेल पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै जिल्ला खेलकुद विकास समितिले दुई जना पत्रकारलाई कदरस्वरूप नगदसहित सम्मान गरेको छ ।

 

जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका अवसरमा आठराई गाउँपालिकाको पर्यटकीय क्षेत्र झाँक्री गुफामा पत्रकार तुलुसी सिटौला र प्रकाश पाक्सावालाई सम्मान गरिएको हो ।

 

गोलनेपाल डटकममा आवद्ध पत्रकार सिटौला आठराई गाउँपालिका निवासी हुन् । उनीहरूले जनही नगद ११ हजार १११ सहित सम्मानपत्र प्राप्त गरेका छन् । जिल्ला खेलकुद विकास समितिले खेलकुद पत्रकारिताको विकास र प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि नगदसहित सम्मान कार्यक्रम सुरू गरेको थियो ।

 

स्थानीय खेलकुद गतिविधिको समाचार सम्प्रेषण, खेलाडीको पहिचान तथा खेल पत्रकारिताको उचाइ बढाउन पत्रकारले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए । कार्यक्रममा पालिकाका अध्यक्ष दिलकुमार पाहिमलगायतकाे उपस्थिति रहेकाे थियाे ।