समाज

गौरीगञ्जमा चिनीभित्र १०२ ग्राम ब्राउनसुगर बरामद

By admin

January 23, 2026

झापा । झापाको गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको छ । बिहीबार दिउँसो १२ बजे गौरीगञ्ज १ कुञ्जीबारीस्थित नेपाल-भारत सिमानामा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गरेको थियो ।

 

प्रहरी चौकी कुञ्जिबारी र बीओपी कुञ्जिबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मे. ३ प २९६८ नम्बरको मोटरसाइकलमा सवार चालक चेकिङ टोलीलाई देख्नसाथ मोटरसाइकल छोडेर फरार भएका थिए ।

 

मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र रहेको चिनीमा लुकाएर प्लास्टिकले पोको पारेको १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

ब्राउनसुगर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।